साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

स्वास्थ्य मन्त्रालयको ८ बुँदे अनुरोध : यी हुन् अति प्रभावित १४ जिल्ला 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै  आठ बुँदे अपील गरेको हो ।  

मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।
 
मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ। 

सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ। 

मन्त्रालयले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन अनुरोध गरेको छ ।

मनत्रालयले नेपालका  विभिन्न होटलहरुमा आइ बसोबास गर्ने विदेशी नागरिकहरुको गेष्ट रजिष्ट्रेसन सिस्टम चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी अस्पतलाहरुले कोरोना संक्रमितका लागि कम्तीमा ५० बेड छुट्याउनु पर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ४ : ५९ बजे