दशैंदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

काठमाडौं । यसपालिको दसैँ, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।

यती एअरलाइन्सले आफ्नाे आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गर्दै घटस्थापनादेखि छठ पर्वसम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा प्रथम हुने एक जनालई बजाजकाे पल्सर बाइक दिने घोषणा गरेको हो ।  

सोही योजनाअन्तर्गत दोस्रो बिजेताले थाइ लाइनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो बिजेताले एलजीको वासिङ्ग मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्डको तर्फबाट हिराको टप जित्नेछन् ।

साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १  जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट  डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ ।

योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : १२ बजे