आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै दर्ता नै नभएको अनलाइन न्युज पोर्टल, फेसबुक प्रयोग गरी पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रविकुमार वर्णवाल रहेका छन् । उनी गत असोज २७ गते पक्राउ परेका हुन् ।

पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुठ्ठा, कपोकल्पित र भ्रामक विषयहरु प्रकाशन गरेको र दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : २९ बजे