साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।

नेपालका लागि अर्जुन कुमालले १४२ र आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोराले २९ रन जोडे ।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो । साउदीका मोहम्मद अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नुका साथै यू-१९ एसिया कपको लागि एक चरण नजिक पुग्नेछ ।

यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १ : ०५ बजे