दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

११ किलो सुन प्रकरण : थप एकजना पक्राउ

काठमाडौं । गत असोज ११ गते दोलखाको सिंगटीबाट बरामद ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

न्यौपानेले तस्करी भएर आएको सुन खरिद गर्ने गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । यो प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १ : ०० बजे