दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पत्रकार महासंघको आडमा रौतहटका अध्यक्ष झाको आतङ्क

रौतहट । नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झाको गुन्डागर्दीमा प्रहरी, प्रशासन मूकदर्शक बनेका छन् । अध्यक्ष झाले आफ्नै छिमेकी स्थानीय एक महिलालाई मरणासन्न गरी धारिलो हतियारले टाउको र नाक काटेर घाइते बनाएका छन् । 

गौर नगरपालिका-३ की ४५ वर्षीया नेकपा एमालेकी नेतृ सुनिताकुमारी श्रीवास्तावलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झाले निर्घात कुटपिट गरेका हुन् । उनी नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन्।

छिमेकीसमेत रहेका नेतृ श्रीवास्तव र कुटपिट गर्ने झाबीच सामान्य विवाद हुँदा बुबा छोराले नै श्रीवास्तवमाथि कुटपिट गरेका हुन् । सुनिताले घरको भेन्टिलेसन खोल्दा समस्या भएको भन्दै प्रेमचन्द्रले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखोल्ने सहमति तोडिएको भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरनासन्न हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

सुनिताको अहिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ । कुटपिट गर्ने छोरा अविनास झा पक्राउ परेका छन् भने बुबा प्रेमचन्द्र फरार छन् ।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ६ : ३८ बजे