नेपाललाई युएईको मध्यम लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । संचित शर्माले २ रन र निलांस केसवानीले ४ रन जाेड्दा खालिद शाह र मोहम्मद फराजुद्दीन भने शुन्य रनमै आउट भए । 

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ०१ बजे