साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यसकारण नेपालको हितमा छ बिआरआई परियोजना

तेस्रो अन्तर्राष्ट्रिय बिआरआई फोरम फर कोअपरेशन २०२३ को आयोजना गरिएको छ । यसको भव्य सफलताको शुभकामना । बिआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ ।

यतिबेला चीनको राजधानी बेइजिङ, तेस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना भइरहेको हुदैछ । सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय सङ्गठन सहभागी भइसकेका छन् । अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन् । बिस्तारै बिआरआई संयुक्त राष्ट्र सङ्घपछि सबैभन्दा ठुलो विश्व सङ्गठन बन्नेतर्फ लम्कदै छ ।

बीआरआई मानव केन्द्रित विकास, ग्लोबल समृद्धिको आकाङ्क्षा, गरिब र विपन्न रहित विश्व निर्माणको लागि सडक सञ्जाल बिस्तार, पूर्वीय सभ्यता र हिमालयन सभ्यता र अर्थतन्त्रको विकास र संन्जाल निर्माण र व्यापार साझेदार अभियान हो । देशहरू बीचको सहयोग एवम् जनता जनता बिचको भाइचारा सम्बन्ध र पर्यावरण लगायत दिगो विकासको योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हाल सर्वस्वीकार्य हुदैछ ।

अहिले पनि अमेरिकाले विश्वमा हतियार र आतङ्कबाट आफ्नो प्रभाव फिँजाएको कुरा कहीँ–कतैबाट लुकेको छैन । ऐतिहासिक रेशमी मार्ग पुनः ब्युँझाउँदै आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ हो । यो कुनै भूराजनीतिक अथवा सैनिक गठबन्धन होइन, खुला, सहभागीमूलक र साझा विकास कार्यक्रम हो। विकासका लागि सबै राष्ट्र यसमा सहभागी हुन्छन् । बिआरआईले अँगालेका केही मूलभूत सिद्धान्तमध्ये विकास निर्माण र साझेदार पहिलो हो। विकास निर्माणभित्र शान्तिपूर्ण साझेदारी, खुलापन, सहनशीलता, आपसी सिकाइ तथा हित र साझा जित छन्।

आपसी छलफल र सम्बन्धबाट स्थिर व्यापार र आर्थिक गतिविधिमा रहेर जनस्तरको सम्बन्धलाई दिगो र प्रगाढ बनाउने चिनिया पहलले गति प्राप्त गरेको छ । यो अभियानको विरुद्ध साम्राज्यवादी अमेरिका र यसका सहयोगी राष्ट्र उभिएका छन् । कथित सैनिक मोर्चा र सडक सञ्जाल निर्माण गर्ने घोषणा विभिन्न मञ्चमा यिनहरूले गरिरहेका छन् । त्यसका बाबजुद बिआरआई आज समाजवाद पक्षधर अविकसित र विकासोन्मुख राष्ट्र र कतिपय विकसित राष्ट्र र जनताहरू समेत यसमा आबद्ध भएका छन् । निर्बाध अगाडि बढिरहेको छन् । विश्वका न्यायप्रेमी जनताले यो परियोजनालाई भरोसा र विश्वासको नजरले हेरेका छन् । बिना बिग्नबाधा कार्यान्वयनको अपेक्षा राखेका छन् ।

तर नेपालको भरपर्दो विश्वासिलो घनिष्ठ छिमेकी मूलक चीनद्वारा अगाडि सारेको बिआरआई परियोजनामा हस्ताक्षर गरे पनि सरकारले कार्यान्वयन गर्न मानेको छैन । भूराजनीतिको कथित दबाबको नाममा केबल ओठे भक्ति मात्र देखाउँदै छ । अब नेपाल सरकार किन्तु परन्तुको नामबाट पछि नहट्नु नै नेपालको सार्वभौमिकताको रक्षा र विकासको लागि कोसे ढुगां हुनेछ ।

पृथ्वीको कुनै एक कुनाको समृद्धि पृथ्वीको अर्को कुनासम्म पुग्नु पर्दछ । पृथ्वीका सबै मानव जातिले यो समृद्धिलाई प्रयोग गर्न पाउने हकको सुनिश्चितता नै बिआरआईको प्रमुख लक्ष्य र महामहिम राष्ट्रपति सिको विकास र समृद्धिको विश्व दृष्टिकोण हो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ०० बजे