दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सामान्य विवादमा कुकरले हानेर आफ्नै श्रीमतीकाे हत्या

उदयपुर । आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : २० बजे