युएईविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

मुलपानी मैदानमा आज पहिलोपटक टि–२० आई सिरिज हुन लागेको हो । योसँगै मुलपानीले टि–२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।

नेपाल आज युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । नेपाल र युएईबीच हालसम्म पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी भएको छ भने युएईले तीन खेल जितेको छ ।

नेपालले आजको खेलमा लेग स्पिनर श्याम ढकाललाई डेब्यू दिएको छ । स्पिनर सन्दीप लामिछानेले नखेल्ने भएपछि उनको स्थानमा श्यामलाई मौका दिईएको हो ।

युएईविरुद्ध नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १ : २३ बजे