‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीमाथी आरोप लगाएको तर समर्थन फिर्ता नगरेको प्रचण्डको लाजमार्दो राजनीति 

काठमाडौं,  राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनेर लगाएको आरोपमा टिप्पणी गरेका छन् । उनले दाहालले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोप सुन्दा आश्चर्य लागेको पनि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राखेको भन्दै यसलाई लाजमर्दो राजनीति भनेका छन् । उनले लेखेका छन्–”२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ। यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ‘लाजमर्दो राजनीति’

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : १२ बजे