गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं । इजरायल र हमासबीचको जारी युद्धमा मंगलबार राति ५ सय जनाको मृत्यु भएको छ ।

गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको बताइएको छ । उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको र आक्रमण हमासले गरेको इजरायलको दाबी छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् भनेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेतन्याहुले भनेका छन्, ‘गाजामा आक्रमण गर्ने इजरायली सेना होइन, हमासका डरलाग्दो आतंककारीहरू थिए भन्ने कुरा सारा विश्वले जान्नुपर्छ । हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् ।’

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ९ : ३६ बजे