युवा संघ नेपालले पब्जी प्रतियोगिता गर्ने, विजेतालाई २ लाख रुपैयाँ

काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले २०८० कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ।

खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताउनुभयो ।

उहाँले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताउनुभयो। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ। 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ३८ बजे