हायस दुर्घटना हुँदा १८ जना घाइते

उदयपुर । काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ कटारी–गाईघाट सडक खण्डको अँधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।

सोमबार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो ।

घाइतेमध्ये चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम नगरपालिका–६ का ७२ वर्षीय वृद्ध बलवीरको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको छ भने चालक ठकुरीलाई थप उपचारका लागि मोरङको बिराटनगरस्थित न्युरो हस्पीटल रेफर गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : २८ बजे