दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हवाई भाडामा निजी कम्पनीको मनपरी

काठमाडौँ- काठमाडौँदेखि धनगढीसम्मको हवाइ भाडा प्रतियात्रु १७ हजार पुर्‍याएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाइसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो ।

काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर यो भन्दा कम रहेको यात्रुको गुनासो छ ।

निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा सात हजार नौ सयबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुहरुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रुहरुको गुनासो छ । चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा गर्न सकस भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दर अनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो ।

भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोडिएकाले पनि यसपाली भाडादरमा केही चाप परेको विमान संचालकहरुको भनाइ छ ।

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौँमा चारसय र धनगढीमा पाँच सय तोकिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ३९ बजे