साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

काठमाडौं महानगर भित्रका तीन सडक कात्तिक १ गतेदेखि ‘वान वे’ हुँदै

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ। कार्तिक १ गतेदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे बनाएको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन(वे) बनाइएको महानगरले आज एक सूचना जारी गरेर जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल-सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ।

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ४० बजे