लाओसविरुद्ध नेपालले आक्रमक खेल खेल्छ : मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसविरुद्ध नेपाल आक्रमक खेल खेल्ने रणनितिका साथ मैदान उत्रिने बताएका छन् ।

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको दोस्रो लेगअघिको पत्रकार सम्मेलनमा एनेसले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालले भोलि मंगलबार लाओसविरुद्ध प्रारम्भिक चरणको दोस्रो लेग उसकै घरेलु मैदानमा खेल्दैछ ।

‘यहाँ आउन पाउँदा खुसी लाग्यो । पहिलो खेलमा लाओसले धेरै सयम खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । तर हामीले उनीहरुलाई मात्र दोस दिन मिल्दैन पहिलो खेल निकै खराब थियो । यसबाट पाठ सिक्दै हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ,’ उनले भने ।

सो खेल नेपाल र आफ्नो लागि पनि निकै महत्वपूर्ण रहेको बताउँदै उनले अगाडि भने ‘यदि हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो छ तर हामी तयार छौं । हामी आक्रामक फुटबल खेल्नेछौं । लाओस पनि आक्रमक हुनेछ । म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले भोलि सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : ५७ बजे