दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गाजाका बासिन्दाहरुको स्थानान्तरण अत्यन्त खतरनाकः राष्ट्रसंघ प्रमुख

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन्। 

उनले शुक्रबार उक्त चेतावनी दिएका हुन्। उनले गाजाको अवस्था डरलग्दो रहेको बताए। इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलामा १२ सय बढीको मृत्यु भएको थियो। साथै हजारौं मानिस घाइते छन्।

गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गरे। उनले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरे। 

उनले युद्धमा पनि नियमहरु हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गरे। गाजाका बन्धकहरुलाई तत्काल रिहा गर्नसमेत उनले आग्रह गरे।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : ४८ बजे