दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तीव्र गतिको मिनिबस कन्टेनरमा ठोक्किँदा भारतमा १२ को मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ । 

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो । 

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 
 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ५६ बजे