गाजा । एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा ज्यान गुमाउनेको संख्या ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ पुगेको प्यालेस्टाइनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
मन्त्रालयले हमलामा मारिनेमा ४५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् ।
यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो ।
प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ८ : २९ बजे
प्रतिक्रिया