दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

युक्रेनद्वारा रुसी जहाजमा आक्रमण

किएभ । युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ ।

युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

सेभास्टोपोल सहर नजिकै शुक्रबार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख गरेको छ । यसैगरी डेर्जाभिन गस्ती जहाजमा बुधबार प्रहार भएको जनाएको छ ।  
 
 युक्रेनी नौसेनाका प्रवत्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रबार दोस्रो पटक आक्रमण गरेको बताउनु भएको छ । 
 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : १८ बजे