एकदिवसीय विश्वकप क्रिकेट : भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज

काठमाडौँ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गतको भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज हुँदैछ ।

आयोजक भारत र पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा भारत र पाकिस्तानले खेलेका अघिल्ला दुवै खेलमा जित हात पारेका छन् र दुवैले सो जितलाई निरन्तरता दिन चाहन्छन् ।

तर विगत हेर्दा एकदिवसीय विश्वकपमा पाकिस्तानले भारतविरुद्ध सातपटक खेल्दा सातवटै खेलमा पराजय भोगेको छ ।

त्यसैले पाकिस्तानले यसपटक भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेर विगतमा भोगेको पराजयको श्रीखलामाथि विश्राम लगाउन चाहन्छ ।

यता एसिया कपमा पाकिस्तानलाई पराजित गरेको भारत विश्वकपमा पनि विगत झै पाकिस्तानमाथि हावी हुने अपेक्षा सहित मैदानमा उत्रने दाउँमा हुनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ५६ बजे