काठमाडौं । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली शान्ति सैनिकको आज निधन भएको छ ।
निधन हुनेमा खोटाङको फक्टाङ्ग गाउँपालिका–८ स्थायी ठेगाना भएका प्युठ भुपजित राइ छन् ।
संयुक्त राष्ट्र संघको आह्वानमा उनी शान्ति स्थापनाका लागि कङ्गोमा खटिएका थिए । श्री नरसिंह दल गणको २९औँ डफ्फामा कार्यरत राईको त्यहाँस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ ।
केही दिनयता बिरामी परेका उनलाई उपचारका लागि कङ्गोको कुनियास्थित मोरोकन लेभल–टू अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचाररत उनको निधन भएको नेपाली सेनाको भनाइ छ ।
प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ८ : ०३ बजे
प्रतिक्रिया