प्रेस सेन्टरका पत्रकार प्रेस चौतारीमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका पत्रकार सरोज पोखरेल नेकपा एमालेनिकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्  ।

प्रेस चौतारी नेपाल काठमाडौ जिल्ला समितिद्वारा आज शुक्रबार काठमाडौमा आयोजित नेपालको विध्यमान राजनीतिक अवस्थामा नेकपा एमालेको भूमिका विषयक अन्तरसंवाद तथा दसैंलगयात विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार पोखरेल प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।

पत्रकार पोखरेललाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खादा लगाएर स्वागत गर्नु भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ३४ बजे