दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पाँच वर्षीया बालिका विद्यालयमै बलात्कृत

मुस्ताङ । मुस्ताङको एक विद्यालय हाताभित्र पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा लोमान्थाङ गाउँपालिका–३ बस्ने २६ वर्षीय जप्याङ गुरूङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लोमान्थाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गुरूङले ती बालिकालाई थासाङ गाउँपालिका–२ स्थित विद्यालयको कक्षाकोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यस्तै, बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई सोही नगरपालिका–३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

साथै, पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ५१ बजे