दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

तीनकुने हत्या प्रकरणका आरोपितकाे बयान- प्रहरीलाई खबर गर्ने व्यक्तिलाई नमारेकोमा पछुतो छ

काठमाडौँ । काठमाडौंको गैह्रिगाउँमा चार जनाको सामूहिक हत्या गरेका अभियुक्त्त  २३ वर्षीय सन्जय भन्डारीले प्रहरीलाई खबर गर्ने व्यक्तिलाई नमारेकोमा पछुतो लागेकाे बयान दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेकाे अनुसन्धानका क्रममा खबर गर्नेलाई पनि मारेको भए प्रहरीले घटनाको बारेमा थाहा नपाउने र आफू शव लुकाउन सफल हुने बयान उनले दिएका हुन्।

‘मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बालि आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला’, उनले बयानमा भनेका छन्, ‘निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो । यदी घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेजस्तो लाग्छ ।’

उनले  मृतकहरुको नाम घटनापछि मात्र सुनेको बयान दिएका छन् ।

सरकारी वकिल कार्यालयसँगको बयानमा भन्डारीले आफुले एकपटक देखेको व्यक्तिलाई कहिल्यै नबिर्सने पनि बताएका छन् ।

प्रहरी सामु बयान दिँदा उनले भनेका छन्, ‘सामाजिक विभेदका कारण म निर्दयी छु । कसैप्रति माया ममता जाग्दैन । विगतमा पनि यस्ता घटना धेरै घटाएको छु । तीनकुनेमा चार जनाको हत्यापछि त्यहीँको कोठामा गएर आराम गरेँ । आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन ।’

बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण काठमाडौंका रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न व्यक्तिको हत्या गरिसकेको उनको बयान छ ।

‘मैले यी ठाउँमा मारेको मान्छेहरूलाई म चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रयोग गरी मारेको छु । मारेको मिति थाहा छैन । अनुसन्धान गर्ने काम प्रहरीको हो’, उनले थप बयानका क्रममा भनेका छन्।

यस्तै उनले अरु केही व्यक्तिलाई मार्ने विषयमा म्यासेजमा कुरा गरेको पनि फेला परेको छ । तर,ती व्यक्तिलाई मारिनसकेको उनले बयान दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका खुलेको थियो। परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

सीसीटीभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ३६ बजे