दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक उत्सव समारोहलाई आज सिंहदरबारमा सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले विकास योजना र बजेटको वितरण पहुँचवालाको क्षेत्रमा मात्र नभई समन्यायिक हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगले आफ्ना काम कर्तव्यलाई पारदर्शी तुल्याई आयोगको आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनुभयो ।

समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राकृतिक स्रोत सम्बन्धमा  एकीकृत कानूनको आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष पौडेलले संघ, प्रदेश र स्थानीय तीन वटै तहको  खर्च जिम्मेवारी थप प्रष्ट पार्न राष्ट्रिय मापदण्ड  बनाउनुपर्ने र सङ्घीय इकाईहरू बिचको समन्वय र सहकार्यमा जोड दिनुभयो ।

समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख तथा प्रतिनिधि,राष्ट्रियसभा र प्रतिनिधि सभाका सांसद, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।  

समारोहमा आयोगमा रही उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ४९ बजे