धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

गाजा क्षेत्रको जनजीवन चरम संकटमा

एजेन्सी । इजरायली सेनाको आक्रमणसँगै नाकाबन्दीका कारण गाजा क्षेत्रमा मानवीय संकट गहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

खासगरी खाना र पानीको अभावमा भोकमरीको अवस्था आउन लागेको विश्व खाद्य कार्यक्रमले जनाएको हो । गाजा क्षेत्रमा बिजुली लगायत इन्धनको अभाव पनि चुलिएको छ ।

५० हजार गर्भवती महिलाहरु अत्यावश्यक औषधी लिनबाट बञ्चित भएको बीबीसीले जनाएको छ । इजरायलले भने सबै बन्दी मुक्त नगरेसमम्म नाकाबन्दी जारी रहने जनाएको छ । करिव १ सय ५० जनालाई हमास लडाकुले बन्दी बनाएको अधिकारीहरुले जनाएका छन् ।

जारी हमलामा हमासतर्फ १५ सय भन्दा बढीको मृत्यु भएको छ । तीमध्ये ५ सय बालबालिका मात्र छन् । यस्तै हमास लडाकुहरुको आक्रमणमा परी इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको छ ।

इजरायलले हवाइ आक्रमण तीव्र बनाएसँगै गाजा क्षेत्रमा करिव ३ लाख ३८ हजार जना विस्थापित भैसकेको बताइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : १३ बजे