नेपाली विद्यार्थीहरुको ज्यान बचाउने विपिनलाई हमासले लग्यो : बिबुशा अधिकारी

काठमाडौं । हमासका लडाकुले नेपाली विद्यार्थी विपिन जोशीलाई लगेको  इजरायलबाट आएकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले बताएकी छिन् ।

आज बिहान इजरायलबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरु नेपाल आइपुगेपछी हमालाबारे जानकारी दिँदै  बिबुशा अधिकारीले उक्त कुरा बताएकी हुन् ।

नेपाली विद्यार्थी बिबुशाका अनुसार हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । जोशीले उक्त  ग्रिनेड नफालेको भए १७ जना नेपाली बसेको कोठामा कोही नबच्ने उनले बताइन ।

ज्यान गुमाएका साथीहरु सम्झेर भावुव हुँदै बिबुशाले साथीहरूलाई बचाउने रियल हिरो विपिनलाई खोजी गरिदिन आग्रह समेत गरेकी छिन् ।

हाल विपिन जोशी सम्पर्कविहीन भएका छन् । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले बताइन्।

आफूहरूलाई इजरायल सरकार र इजरायलका नागरिकहरुले समेत सहयोग गरेको अधिकारीले बताइन् ।

सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ५७ बजे