दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमसीसीको ठेक्का रद्द पुन: टेण्डर आव्हान गरिने

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी) अन्तरगतको प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्का रद्द गरी पुन: ठेक्का गर्न एमसीए नेपालले सिफारिस गरेको छ ।

एमसीए नेपालले गरेको ठेक्का रद्दसम्बन्धी सिफारिसलाई एमसीसीले स्वीकार गरेको र आज यसबारेमा औपचारिक निर्णय आउने एमसीए नेपालका एक अधिकारीले जानकारी दिनुभयो ।

ती अधिकारीका अनुसार पुन ठेक्का प्रक्रियाका गए पनि पाँच वर्षभित्र सम्पन्न गर्ने समय तालिकामा कुनै असर पर्ने छैन ।

एमसिसीको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९.६७ करोड डलर लगानी गरेर निश्चित ६९.६७ करोड डलरको बजेटमा चार प्रसारणलाइन, तीन सबस्टेसन र ७७ किमि सडक मर्मत गर्नु पर्ने छ  । 

टेन्डरमा लागत अनुमानको तुलनामा ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो ।अनुमानित लागतभन्दा १४ करोड ५३ लाख डलर बढीको टेन्डर आएपछि एमसीसीमा ठुलै आर्थिक चलखेल गर्न खोजेको बुझिन्छ ।  

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : १३ बजे