सन्दीपले क्रिकेट प्रतियोगिता नखेल्ने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखलामा भाग नलिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना हुँदैछ । उक्त प्रतियोगिताका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

तर, सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् ।

‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभए सम्मका लागि ।’ सन्दीपले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ५२ बजे