इजरायलबाट २५० जना नेपाली विमान चढे, राति ९ बजे काठमाडौं आइपुग्ने

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका २५० नेपाली विद्यार्थी घर फर्किन विमान चढेका छन् । 

नेपाल वायुसेवा निगमको विमानमा उनीहरु नेपाल आउन लागेका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ ।

काठमाडौँबाट आज बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको थियाे । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको थियाे ।

आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताएका छन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ४ : ०२ बजे