दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

संसदको चालु अधिवेशन भोलि रातिदेखि अन्त्य गर्ने सरकारको तयारी

काठमाडाैँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । 

प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले संसद अन्त्यको विषयमा दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

‘भोलि राति १२ बजेदेखि संसद अन्त्य गर्ने विषयमा छलफल भएको छ,’ जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने ।

२८ असोजमा दसैँको पहिलो दिन घटस्थापना परेकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : २५ बजे