दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौंमा गोली हानेर एक जनालाई समातियो

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको जानकारी दिएको छ ।

‘लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिनुभयाे । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयाे ।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ । काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिका बारेमा अहिले विस्तृत जानकारी दिइएको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : २२ बजे