सन्दीपको मुद्दा आज पनि स्थगित

काठमाडाैँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसी बिहीबार (आज) पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा सन्दीपको मुद्दा लगातार तेस्रो पटक स्थगितमा परेको हो।

असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबारपनि स्थगितमा परेसँगै अन्योलता लम्बिएको हो।

यहि असोजमा मात्रै दुई पटक पेसी चढेको थियो । तर,विभिन्न बाहानमा मुद्दाले अझै किनारा पाउन सकेको छैन । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ५१ बजे