दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘रिगल’ कैद माफीविरुद्ध रिटको पेसी प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासमा

काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि बिहीबार पूर्ण इजलासमा सुनुवाइ हुने भएकाे छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।रिटको सुनुवाइको पालो दोस्रो नम्बरमा रहेको छ।

कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलकाे निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेकाे थियाे। सुनुवाइमा सर्वोच्चले कैद मिनाहाकाे विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने ‍जनाएकाे थियाे।

यसभन्दा अगाडि उक्त रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ भने भएकाे थिएन।

रिगललाई आममाफी दिएकाे भन्दै राष्ट्रपति पाैडेलकाे अहिले चाैतर्फी आलाेचना भइरहेको छ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ३६ बजे