दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आज इजरायलबाट २५४ जना विद्यार्थीहरु नेपाल आउँदै

काठमाडौं । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन् । 

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : ४१ बजे