दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयरबजारमा ५ अंकको सुधार

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो ।

आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजारको कारोबार भएको छ । आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ उपसूचकमा भने रातो पोतिएको छ । आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन उपसूचक समान ०.१३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.८० र म्युचुअल फण्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ४ : ०६ बजे