कर्णाली सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख राहत दिने

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको हो । 

यस्तै बैठकले नेपाल बार एसोसिएसनको नियमित वार्षिक साधारणसभाका लागि १५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर बीसीले जानकारी दिए । 

यस्तै बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भएको बालीनाली तथा पशुपन्छीहरू क्षति भएकोमा कृषकहरूलाई ६ करोड रुपैयाँ राहात दिने निर्णयसमेत गरेको छ । 
 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ४० बजे