ओछ्यानमै मृत भेटिए मुढेबास प्रहरी चौकीका इन्चार्ज प्रकाश चौधरी

काठमाडौं । धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका स्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज  प्रहरी सहायक निरीक्षक (असई) ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।

आफ्नै कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोरङ घर भएका चौधरीको मृत्युको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ३४ बजे