विश्व कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई अध्यक्ष ओलीद्वारा बिदाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई बिदाइ गर्नुभएको छ । 

मंगलबार आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडी सूर्यबहादुर बुढाथोकीलाई बिदाइ गर्नुभएको हो। बुढाथोकी जापानमा हुन गइरहेको १३औँ विश्व कराँते प्रतियोगितामा भाग लिन त्यसतर्फ जाँदै हुनुहुन्छ। 

अध्यक्ष ओलीले उहाँलाई नेपालको राष्ट्रिय झण्डा पहिराएर बिदाइ गर्नुभएको थियो। बुढाथोकीलाई बिदाइ ओलीले सफलताको शुभकामना दिनुभयो ।  

बिदाइ कार्यक्रममा एमालेका नेताहरू, नेपाल खेलकुद महासंघका पदाधिकारी तथा सदस्य र खेलाडीहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : २२ बजे