दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सरकारले भन्यो- इजरायलको भ्रमण नगर्नू

काठमाडाैँ । सरकारले इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । 

मंगलबार इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै परराष्ट्रमन्त्री साउदले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौँ ।’

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : १५ बजे