इजरायलले गाजामा विजुली,खाना,पानी र औषधि सबैमा लगायो रोक,मानवीय सङ्कटकाे खतरा

एजेन्सी । इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै विजुली,पानी, खाद्यन्न र इन्धनको आपूर्ति रोकिदिएको छ । याेसँगै अब गाजामा मानवीय सङ्कट देखिने भएकाे छ ।

प्यालेस्टाइनी अधिकारीहरूले यदि आपूर्तिको  अनुमति दिइएन भने गाजा स्ट्रीपमा नयाँ मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन् ।

शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यन्न र औषधिसहित सबै  इमरजेन्सी वस्तुको सप्लाई रोक्ने निर्णय गरेको हो । 

स्थानीयका अनुसार शनिबारदेखि उक्त क्षेत्रमा कुनै पनि सहयोग पुगेको छैन । बीबीसीाका अनुसार प्यालेस्टाइनमा ७ सय मानिसहरुकाे मृत्यु भइसकेकाे छ । 

गाजा स्ट्रीपमा २३ लाख मानिसहरू बस्छन् । तीमध्ये ८० प्रतिशत मानिसहरू इजरायलसँग चलिरहेको दशकौँको तनावका कारण मुख्य रुपमा मानवीय सहायतामा निर्भर छन् ।

गाजामा हमासको नियन्त्रण भए पनि यसको एयर स्पेस र समुद्री तटमा इजरायलको कब्जा छ । इजरायलको अनुमतिबिना गाजामा कुनै पनि सामान आपूर्ति हुन सक्दैन  

बीबीसीले गाजा पुरै भग्नावेसमा परिणत भएको जनाएको छ । प्यालेस्टाइनी टावरलगायत महत्वपूर्ण आवासीय भवनमा इजरायलले मिसाइल आक्रमण गरेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन दुजारिकले दर्जनभन्दा बढी स्वास्थ्यकर्मीको ज्यान गएको वा घाइते भएको र कम्तीमा सात मेडिकल सेन्टरमा क्षति पुगेको बताएका छन् ।

यसैबीच, धेरै मानिसहरू हाल बिजुली र इन्टरनेट बिना छन्, र चाँडै आवश्यक खाना र पानी आपूर्ति बाहिर हुन सक्ने उनले बताएका छन् । 

​​​​​​​

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : ४६ बजे