काठमाडाैँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे पजेराे दुर्घटनामा परेको छ ।
सोमबार तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किँदै गर्दा दुर्घटनामा परेको हो ।
लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।
गाडी के कारणले दुर्घटनामा परेकाे भन्ने नखुलेकाे प्रहरीले जनाएकाे छ । गाडीमा पाँच जना सवार रहेका थिए । सवार पाँचै जना सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ५ : ३८ बजे
प्रतिक्रिया