इजरायल पुगेकाे २७ दिनमै अस्ताएका आनन्दका वुवा-कहिले चिच्याउछन्,कहिले मुर्छा परेर रुन्छन्

काठमाडौं । इजरायलमा मारिएका दश नेपालीमध्ये धनुषाको सपही ४ का २२ वर्षीय आनन्दको परिवार शोकमा डुवेको छ ।

तीन बहिनी, बुवा,आमा र हजुरआमाको साहाराको रुपमा रहेका घरका जेठा सन्तान आनन्दको मृत्युले परिवारमात्र नभएर सम्पूर्ण गाउँ नै शोकमा डुबेको हो ।

घरको आंगनमा वियोगमा मृतकका बुबा कहिले मुर्छा परिरहेका छन् भने कहिले चिच्चायाई रहेका छन् ।

आनन्द इजरायल गएको २७ दिनमै मृत्युको खबर सुन्नु पर्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन । आनन्दकी आमा शिवकली देवी, हजुर आमा बसमतिया देवी साह र कान्छी बहिनी आरतीको हालत पनि हेर्नै नसकिने छ ।

आनन्दका बुवा सोमनका अनुसार टु लर्न टु वर्क भिसामा आनन्द इजरायल गएका थिए ।

परिवारजनलाई भेट्न पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग आफ्नो तर्फबाट समन्वय गरी आनन्दको शव ल्याउन पहल गरिरहेको बताएका छन् ।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

त्यस्तै, अन्य ठाउँमा रहेका नेपालीहरुलाई सरकारले जारी गरेको विभिन्न सम्पर्क नम्बरमा सम्पर्क गरी स्थिति बुझनुका साथै, नेपाल फर्काउने वातावरण मिलाइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : १८ बजे