दुर्गा प्रसाईंलाई कालो मोसो दलियो

काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ ।

कान्तीपथस्थित एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एक समूहले कालो मोसो दलेको हो ।

दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ३७ बजे