एक महिनाको तलब पनि बुझ्नै नपाई अस्ताए प्रवेश

काठमाडौं । सल्यानको शारदा नगरपालिका–३ साउटोलका २४ वर्षीय प्रवेश भण्डारी इजरायलमै अस्ताएका छन् ।

इजरायल पुगेको एक महिना पुग्न केही दिनमात्रै बाँकी रहँदा उनी हमासको आक्रमणको शिकार बने । पढाइसँगै काम गर्न उनी इजरायल पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट उनीसहित ४९ जना विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए। असोज १ गतेदेखि उनले इजरायलमा काम थालेका थिए।

उनको महिना पनि मर्नै लागेको थियो । तर, उनले तलब बुझ्ने केही दिनअघि मात्रै हमासले उनको ज्यान नै खोस्यो ।

हमासले उनको ज्यान मात्रै खोसेर उनको परिवारको एक्लो साहरा पनि खोस्यो । साउटोलकी ४६ वर्षीया चन्द्रिकाको एक्ला छोरा थिए, प्रवेश। छोरीको बिहे भइसक्यो। उनी सुर्खेत बस्छिन्।

अहिले प्रवेशको परिवार मुर्छित छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ३० बजे