दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उच्च अङ्कले घट्यो नेप्से, १ अर्ब ८० करोड रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज (आइतबार) उच्च अङ्कले घटेको छ।

कारोबारको पहिलो दिन नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेर बन्द भएको हो। 

यसदिन सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ।

आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ। 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ०५ बजे