दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएकाे अख्तियारकाे ठहर, ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेकाे छ । 

आयोगले सर्प पालनका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

उक्त प्रतिष्ठानमा एन्टी भेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर स्थापना गरी सञ्चालन गर्ने भनि अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ। 

अख्तियारले मधेस प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र लालबन्दीका तत्कालीन मेयर मानबहादुर खड्कासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ४७ बजे