दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन अर्थात् आइतबार सुन–चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : ०५ बजे